Wednesday, April 17, 2013

Phoolko Thunga Bahera Gayo by Tara Devi (तारा देवी)


फूलको थुङ्गा,बहेर गयो
गङ्गाको पानीमा
कहिले भेट,होला है राजै
यो जिन्दगानीमा

झरिको पछि, 
झुल्केको घाममा,
निर्झर पहाडको -2

भर्खरै पृती बसेको बेला
पिर पर्‍यो बिछोडको

कहिले भेट,होला है राजै
यो जिन्दगानीमा
नहाँसु भने
सखिलाई पिर
मै हाँसु कसरी -2

रुउँला राति
भनेर आँसु
मै साँचु कसरी,
कहिले भेट
होला है राजै
यो जिन्दगानीमा   

रातमा मलाई
हेर्दछ टोलाई
पूर्वको ताराले 

त्यो कान्तिपुरमा,
सपनको सुरमा ,
सम्झ्यो कि प्यारले,
कहिले भेट,
होला है राजै,


यो जिन्दगानीमा -४

No comments:

Post a Comment